किसिम आवश्यक पर्ने कागजातहरु अधिकारी

घर बाटो सिफारिस

  • प्रमाणपत्र
  • नागरिकता

राम हरि कोइराला

Card image cap
जितमान जिमी

प्रमुख प्रशासकीय अधिकृत

9852075060

Card image cap
गिता गुरूङ खेवा

उपाध्यक्ष

9851137767

छथर जोरपाटीगाउँपालिका गाउँपालिकाको परिचय

छथर जोरपाटी गाउँपालिका नेपालको धनकुटा जिल्लाको मध्यपुर्वी भागमा पर्दछ । प्राचिनकालमा नै कोशी नदीको पुर्वी भागमा किरात देशका नामले परिचित थियो, पछि ई.सा. ६०० तिर बृहत्तर किरात कोशीको पूर्व लिम्बुवान र पश्चिमतर्फ खुम्बुवानमा विभत्त भयो । प्राप्त विवरण अनुसार दश भाइ लिम्बुहरूले आपसमा मिलेर दश ओटा गाउँमा शासन गर्न थाले । तिनिहरूमा साम्लुल्पी साम्बाहांगको तम्मोर, ताम्पेसो पेरूङहाग्ङको तेह्रथुम, धकतोक्सो आङ्वोहाङ्गको आठराई, सेङसेन गुमको फेदाप, तिन्दोलुंग सोक्पाहांगको यांगरूप थुम, सिसिथेन सेरिंग हांगको पाँचथर, ताक्नुगं खजुमहांगको छथर, मुंगताइची इमहांगको इलाम र सैयाक लादो हांङको चौबिस राज्यहरू भए भनिएको छ । तत्काल छथर क्षेत्र तमोरदेखि अरूणसम्म तथा लम्बुखोलादेखि नुवोखोला सम्म फैलिएको देखिन्छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका तेलिय, तांखुवा, हात्तिखर्क र परेवादिनका मुख्य वासिन्दा पनि छथरेहरू नै हुन । तत्कालिन वृहत छथर समेत विभिन्न स्थानीय तहमा विभाजित छ । छथरको नामकरण सम्बन्धमा विभिन्न भनाइहरू पाइन्छन्  जस्तै लडाइ लामो समय थाम्यो भन्ने अर्थमा थगंथरूबाट अप्रभंस भइ छथर भएको , त्यसै गरी यस क्षेत्रमा ६ वटा ६ वटा थर भएका लिम्वुहरूको वसोवास क्षेत्र भएकाले छथर भनिएको र पछि राणाकालमा कर असुल्नका लागि पुर्वि नेपाललाई विभिन्न थरमा विभाजन गरी १७ ओटा  डाँडालाई ६ थुम वनाई यही ६ थुम बाट छथर रहन गयो भन्ने भनाइ समेत छ ।